फाइल फोटो

राजनीति

केपी ओलीले सर्वसाधारणसँग टेलिफोनमा कुरा गर्ने

By खबरहब

October 18, 2022

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणसँग टेलिफोनमा कुराकानी गर्ने भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै ओलीले आगामी कात्र्तिक ४ गते सर्वसाधारणसँग कुराकानी गर्ने जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु । आउनुस् कुरा गरौँ ।’

यसका लागि उनले मानिसहरुलाई टेलिफोन नम्बर इनबक्समा टिपाउन समेत आग्रह गरेका छन् ।