तस्वीर- ग्लोबल टाइम्स/भीसीजी

अन्तर्राष्ट्रिय

चीनमा युरोपेली लगानी घट्दै

By खबरहब

October 18, 2022

काठमाडौँ- चीनमा युरोपेली लगानी घट्दै गएको पाइएको छ । चीनको शून्य कोभिड नीतिका कारण अर्थतन्त्र खस्किन थालेसँगै युरोपेली मुलुकबाट हुने लगानी पनि घट्दै जान थालेको हो ।

सिङ्गापुरबाट प्रकाशित हुने स्ट्रेट टाइम्सका अनुसार हाल चीनका केही बहुराष्ट्रिय कम्पनीमा मात्रै युरोपेली लगानी सीमित हुन पुगेको छ । चीनले प्रकाशित गर्ने आधिकारिक तथ्यांकमा भने समग्रमा प्रत्यक्ष वैदेशिक लगानी बढेको देखिएको छ ।

यद्यपि चीनले हङकङबाट हुने लगानीलाई समेत वैदेशिक लगानी मान्ने गरेकाले यसको पारदर्शीतामाथि प्रश्न उठ्ने गरेको बताइन्छ ।

अमेरिकाको न्यूयोर्कमा रहेको रोडियम नामक अनुसन्धान केन्द्रका अनुसार युरोपेली युनियन एवम् बेलायतबाट चिनियाँ उद्योग एवम् कारखानामा हुने वैदेशिक लगानी घटेको पाइएको हो ।

यस आर्थिक वर्षको पहिलो अर्धवार्षिकमा यस्तो वैदेशिक लगानी घटेर २ अर्ब अमेरिकी डलरभन्दा कममा सीमित भएको छ । अघिल्लो वर्षको यही अवधिमा यो ४ अर्ब ८० करोड डलर रहेको रोडियमलको अध्ययनलाई उद्धृत गर्दै स्ट्रेट टाइम्सले जनाएको छ ।