तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

बाढी पीडितको राहत सामग्रीमा घोटाला भएको भन्दै पाकिस्तानमा प्रदर्शन

By खबरहब

October 18, 2022

काठमाडौँ- बाढी पीडितका लागि आएको खाद्यान्न एवम् राहत सामग्रीमा घोटाला भएको भन्दै पाकिस्तानको बलोचिस्तान प्रान्तका स्थानीयहरुले प्रदर्शन गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बाढीपीडितका लागि भनी आएको राहत सामग्री एवम् खाद्यान्नमा घोटाला भएको भन्दै बलोचिस्तानमा प्रदर्शनको आयोजना गरिएको हो ।

आक्रोशित प्रदर्शनकारीले स्थानीय तहसिल्दारको कार्यालयअगाडि प्रदर्शन गरेको एएनआईले जनाएको छ ।

प्रदर्शनकारीले तहसिल्दार जलाल मुर्री र नायब तहसिल्दार रिसाल्दार अस्लम मुर्री मिलेर बाढीपीडितका लागि आएको पैसा एवम् अन्य मालसामानमा हिनामिना गरेको आरोप लगाएका छन् ।

यसबाहेक तहसिल्दारले प्रदर्शनकारीलाई धम्की समेत दिएको जनाइएको छ ।

आफ्नो माग सम्बोधन नभए प्रदर्शनलाई चर्काउने प्रदर्शनकारीको चेतावनी छ । यसअघि गिल्गिट बाल्टिस्तान प्रान्तको मुख्यमन्त्रीका संयोजक अबिर हुसैनले हुन्जा जिल्लाका डेपुटी कमिश्नरले चीनबाट आएका दुई ट्रक राहत सामग्रीमा घोटाा गरेको आरोप लगाएका थिए ।