फाइल तस्वीर

राजनीति

केपी ओली अस्वस्थ

By खबरहब

October 18, 2022

काठमाडौँ- आज दिउँसो गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा गएका हुन् ।

उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताए ।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा गएका हुन् । अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए ।