तस्बिर बीबीसीको भिडियो क्लिपबाट

अन्तर्राष्ट्रिय

रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँच बाहिर

By खबरहब

November 18, 2022

काठमाडौं – रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँचभन्दा बाहिर पुगेका छन् ।

बिहीबार भएको आक्रमणमा परेर कम्तिमा सात जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

युक्रेनी सुरक्षा निकायका अनुसार रूसले ६ वटा क्रुज मिसाइल र पाँच वटा ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट ग्यास उत्पादन प्लान्ट र मिसाइल कम्पनीमा क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।