फाइल तस्वीर

क्रिकेट

नेपालले सुरु गर्‍यो जबाफी ब्याटिङ

By खबरहब

November 18, 2022

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) ले तेस्रो एक दिवसीय खेलमा  दिएको एक सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले जबाफी ब्याटिङ थालेको छ । 

यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियो । ९३-९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेका थिए ।

खानले ६३ बला सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोड्दा बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन जोडे ।  त्यस्तै अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडे भने रोहन मुस्तफाले ५६ बलम २ चौका मद्दतमा २४ रन जोडे । 

नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिए ।

तीन एक दिवसीय खेलको शृंखला १-१ को बराबरीको स्थितिमा रहेको छ । पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो ।

दुवै टोली आजको खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्न चाहन्छन् ।