फाइल तस्वीर

राजनीति

दाङमा ४ लाख १५ हजार मतदाता, ४६५ मतदान केन्द्र

By खबरहब

November 18, 2022

दाङ– दाङमा चार लाख १४ हजार ९५६ मतदाता छन् । तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १५३ मतदानस्थल र ४६५ मतदान केन्द्र छन् । दाङ-१ मा प्रतिनिधिसभा सदस्य पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । जसमा एमाले, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाली कांग्रेस(बी.पी.), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र एक जना उम्मेदवार छन् ।

जसमा पुरुष उम्मेदवार सात र महिला उम्मेदवार पाँच छन् ।  यसैगरी समावेशी उम्मेदवारतर्फ ३३.३३ प्रतिशत खस आर्य, थारु २५ प्रतिशत र आदिवासी जनजाती ४१.६७ प्रतिशत छन् ।

यस क्षेत्रमा एक लाख ३४ हजार ७३३ मतदाता छन् । जसमा पुरुष ६७ हजार ६४१, महिला ६७ हजार ९१ जना र अन्यमा एकजना छन् । यसक्षेत्रमा मतदानस्थल ५१ र मतदान केन्द्र १५२ रहेको निर्वाचन आयोगले जनाएको छ ।