अन्तर्राष्ट्रिय

कतार विश्वकपले बदलेको बहस र रोमाञ्चकता

By मनोज घिमिरे

December 18, 2022

काठमाडौँ – अहिले फिफामा नयाँ विश्वकपबारे सोच्न धेरै बहस सुरु भएको छ । सन् २०२६ मा फुटबलको स्तर हेर्न अमेरिका, मेक्सिको र क्यानडामा हुने सो प्रतियोगितामा अहिलेको संरचनामा पुनः विचार गर्नु पर्ने आवाज उठेका छन् ।

अबको विश्वकपमा ३२ देशबाट बढाएर ४८ देशका टोलीको खेल गराउने तयारी भएको छ । यो ४८ देशलाई १६ समूहमा विभाजन गरिने छ । यी प्रत्येक समूहमा ३ देशको दरले टोली रहने छन् ।

फिफाका प्रमुख जीयानी इन्फाटिनोले अहिले १ समूहमा ४ टोली राखेर गरिएको समूह विभाजन नै उत्कृष्ट भएको विचार व्यक्त गर्न चाहन्छन् । ‘एक समूहमा ४ टोलीको संरचना नै उत्कृष्ट हो’ इन्फाटिनोले भने ।

इन्फाटिनोले कतारमा काम गर्ने फिफाको समूह भने प्रेरणादायी बताउँछन् । कतारको संरचनामा लिग कम नकआउटको आधारमा प्रत्येक समूहमा ४ टोली तथा शीर्ष दुई टोली दोस्रो चरण प्रवेश गरेर दोस्रो चरण प्रवेश गरेर नकआउटको आधारमा खेल हुने प्रचलन थियो । सन् १९९८ मा २४ देशबाट बढाएर ३२ देशका टोलीको विश्वकप खेलाउन सुरु भए यता यसै संरचनामा खेलहरू हुँदै आएका छन् ।

इन्फाटिनोको विचारमा चार वर्ष अगाडीको रुस ओलम्पिक ३ दशमलव ३ मिलियनले हेरेका थिए भने यस पटक ३ दशमलव २७ प्रतिशतले हेरेको खेल बढी स्तरीय र रोमाञ्चक थिए । उनको विचारमा दुर्घटना बिना भएका कारण यो विश्वकप सबैभन्दा सफल र उत्कृष्ट विश्वकप समेत हो ।

युरोपेली देशका खेलाडीहरूले ‘वान लभ’ लेखिएको ब्यान्ड बाँधेर फुटबल खेल्न चाहेको भए पनि आयोजक देशको कानुनलाई साथ दिने नियतले त्यो विद्रोही कदमलाई निरुत्साहित पारेको थियो ।

जर्मनीका फान्सी फिलिकले यो आवाजलाई आयोजकसम्म लैजान आवश्यक रहेको बताएका थिए । इन्फाटिनोको मत भने फरक रहेको थियो । यो विश्वकपमा २ सय ११ देश मध्यका सहभागिताको अवसर पाएका देश बाहेकका अन्य देशका दर्शक पनि प्रशस्त थिए । यसले सबैलाई यस विश्वकपले प्रभाव पारेको पुष्टि भएको छ ।

यस कारण पनि खेलको मूल्य र मान्यतालाई जोगाउन अति आवश्यक रहेको कुरामा इन्फाटिनोको सहमति रहेको हो । टिभीमा हेरिरहेका लाखौँले समेत आफ्ना असन्तुष्टिको बाबजुद खेलमा रमाइरहेको उनको प्रतिक्रिया थिए ।

आप्रवासी कामदार माथिको ज्यादती र एलबीजीटीक्यू माथिको मानवता विरोधी व्यवहार लगायत अनेक विषयले कतार विश्वकप प्रतियोगिता सुरु हुनु अगाडी नै धेरै कुरा बिर्सिसकेको थिए । बिस्तारै प्रतियोगिताको चर्चा र रोचकता बढेसँगै हरेक दर्शक खेलमा नै मन्त्रमुग्ध भएका थिए । यसै कारण उनीहरूमा रहेको त्यो विद्रोही भावना केहीसम्म साम्य भएको थियो ।

ह्युमन राइट वाचमा केही अधिकारी समेत पछिल्लो समय मृत्यु अवश्यम्भावी प्राकृतिक विषय भएको तथा यसलाई यसै ढङ्गले बुझ्न जरुरी भएको प्रतिक्रिया दिन थालेका छन् ।

केही अधिकारीको यो कथनका बाबजुद धेरै जना भने आयोजक कतार र आयोजक प्रति रुष्ट नै देखिए । उनीहरूको विचारमा गएका १२ वर्षमा मारिएका मानिसहरूको लेखा जोखा भन्दा पनि फेरी पनि अन्य आयोजनामा यसै गरी मानिसको बली चढाइने क्रमको बन्द हुने कुराको प्रतिबद्धता समेत व्यक्त नहुनुलाई आश्चर्यको रूपमा लिइएको छ ।

ह्युमन राइट वाचले अझै पनि फिफा मृतकका आफन्तको सहयोगका लागि एउटा फन्ड आवश्यक रहेको आवाज उठाइरहेको छ । ह्यमन रायट वाचका रोथना बेजियम यस बिचमा भएका घटनाहरू लज्जाको विषय हुनु पर्ने कुरामा जोड दिई रहेका छन् । फिफा अध्यक्ष इन्फाटिनो भने भविष्यमा यस खालको दुर्घटना हुन नदिने विषयमा फिफा सचेत रहेको बताउँछन् ।

उनले यस विश्वकपको अनुभवलाई आधार मान्दै भविष्यमा अझ सुन्दर विश्वकप बनाउन लागी पर्नु पर्नेमा जोड दिएका छन् । सन् २०१० मा कतारले आयोजना अवसर पाए यता ६ हजार ५ सय कामदारको ज्यान गईसकेको छ ।

कतार विश्वकप आयोजकले भने यस कुरालाई अस्वीकार गर्दै मर्नेको सङ्ख्या त्यो भन्दा कम रहेका दाबी गर्दै सो कुरा बताएका हो । कतार आयोजकले ३ विश्वकपसँग सम्बन्धित साइट तथा बाह्य ३२ साइटमा गरेर ती मारिएको दाबी गरेका छन् ।

आयोजक आप्रवासी कामदारको सुरक्षाबारे नीति लिइए पनि यस सवालमा उनी आफै कमजोर रहेको बताउँछन् । यसका बाबजुद त्यो विश्वकप आयोजना भएको सहर ठुलो र भव्य रङ्गशालाका लागि तयार देखिएका थिए । इन्फाटिनोको दाबी र ह्युम राइट लगायतको जुहारीको अन्य सायदै हुने छ ।

कतार विश्वकपका रोचक गोल यस विश्वकपमा केही रोचक र यादगार दृश्य पनि देखिए । यी यादगार मध्ये ब्राजिलका रिचार्लीसनले प्रहार गरेको गोल पनि हो । सर्बीयासँगको पहिलो खेलमा टोटनहामका यी खेलाडी भिन्सी जुनियरले सुरुमा नियन्त्रण गुमाएका थिए । त्यसै बेललाई जबरजस्त आफैले मिलाएर उनले सो गोल गरेका हुन् ।

अर्को उत्कृष्ट गोलको रूपमा फ्रान्सका मिलियन एम्बाप्पेले पोल्यान्डसँग प्रहार गरेको घुमाउरो प्रहार पनि थियो ।

११ मिनेट बाँकी समय रहँदा टोली पछि परेको अवस्था डच टोलीका लागि साँच्चै कठिन थियो । यस कठिन अवस्थामा डी बक्स बाहिर पाएको फ्रिकिकलाई ओट वगहस्टले त्यसै समयमा पाएको मौकालाई सानदार ढङ्गले गोलमा परिणत गरे । सोही खेलमा अर्जेन्टिना टाई ब्रेकरमा विजयी भएको थियो ।

क्यामरुनका भिन्सेह अबाउकरले सर्बीयाको विरुद्धमा गरेको गोल पनि त्यत्तिकै स्तरीय र सानदार थियो । उनले चलाखीपूर्ण ढङ्गले बललाई अगाडी बढाउँदै सर्व गोलरक्षक भान्जा मिलिनोभिक साभिकलाई सानदार र उत्कृष्ट ढङ्गले पार गरेका थिए ।

मेक्सिकोविरुद्धको लुइस चाभेँजको फ्रिकीक साँच्चै उत्कृष्ट थियो । ७५ औ मिनेटमा चाभेँजले प्रहार गरेको फ्रिकीक प्रतियोगिताको उत्कृष्टमध्येको एक थियो । तथापि त्यसले मेक्सिकोलाई पहिलो चरणबाट बाहिर हुनबाट बचाउन सकेन ।

स्वीजरल्यान्डविरुद्धको खेलमा पोर्चुगलका गोनकाओ रामोसको प्रदर्शन उत्कृष्ट त थियो नै । साथै त्यत्तिको चर्चाको विषय पनि । रामोस प्रतियोगिता अवधिभर मैदानमा पहिलो रोजाइको खेलाडीको रूपमा उपस्थित भएको त्यो नै पहिलो पटक थियो । त्यस भन्दा अगाडी पहिलो रोजाइको खेलाडीको रूपमा रहेको कप्तान क्रिष्टियानो रोनाल्डो त्यस खेलमा पहिलो पटक बेन्चमा बसेका थिए ।

रामोसले आफूलाई खेलाउने निर्णयलाई सही साबित गर्दै ह्याट्रिक गरेका थिए उनले साँघुरो कोणबाट गरेको प्रहार साँच्चै आकर्षक थियो । अमेरिकासँगको खेलमा नेदरल्यान्डले गरेको एउटा गोल साँच्चै उदाहरणीय थियो । अमेरिकी गोलरक्षकलाई पार गर्दै गोल गर्नु अगाडी नेदरल्यान्ड्सका खेलाडीले २० पास पुरा गरेका थिए ।

कोस्टारिकासँगको खेलमा स्पेनका गाभीको गोल त्यत्तिकै उत्कृष्ट थियो । उनले सो खेलमा गोल गर्दै सन् १९५८ मा पेलेले गोल गरे पछिको सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान कायम गरेका थिए ।

यसै गरी यस विश्वकपमा केही खेलाडीलाई विशेष खेलाडीको रूपमा राखिएको छ । उनीहरूले गरेको प्रदर्शन साँच्चै उत्कृष्ट र तारिफ योग्य बनेको हो । फ्रान्सका केलियन एमबाप्पे, इंग्ल्यान्डका जुड बेलिङघम र फ्रान्सका ओलीभर गिराउर्डको प्रदर्शन साँच्चै उत्कृष्ट थियो ।

इंग्ल्यान्डका बुकाया साका, फ्रान्सका एन्टेनियो ग्रीजम्यान, क्रोएसियाका लुका मोड्रिक, अर्जेन्टिना लियोनल मेस्सी, ब्राजिलका रिचार्लीसन यस विश्वकपमा राम्रो प्रदर्शन गर्ने खेलाडीको रूपमा रहे । मोरक्कोका रोफिया अम्ब्रारन, क्रोएसियाका जास्को गाभार्डीयोल र अर्जेन्टिनाका जुनियर अल्भारेजले उत्कृष्ट प्रदर्शन गरे ।

केही खेलाडीको प्रदर्शन भने नपत्याउँदो ढंगको देखिएको थियो । रामोस, इक्वेडरका भ्यालेन्सिया, मोरक्कोका युसुफ उन नास्री,र मोरक्कोका यासायन बोनाउका कारण यो विश्वकप अझ विशेष बनेको छ ।

आइतबार साँझै औपचारिक सकिने यस विश्वकपका अन्य धेरै यादगार विषय हुने छन् । तथापि विश्वकपमा उठेको आप्रवासी कामदारको कुरा र मानव अधिकार हननका विषय साँच्चै कहिल्यै बिर्सन नसकिने हुन् ।

साथमा अर्को संस्करण यो भन्दा कम रोचक त हुने होइन भन्ने चासो पनि बढेको छ ।

(स्रोत : बीबीसी)