प्रतिकात्मक तस्वीर

आर्थिक

आइतबार नेप्से परिसूचक ओरालो

By खबरहब

December 18, 2022

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक राताम्मे भएर बन्द भएको छ । आइतबार परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा झरेको छ ।

बिहीबार भने परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा पुगेको थियो सोही दिन १ अर्ब बढिको सेयर कारोबार भएको थियो ।

आइतबार २५० कम्पनीको कारोबारमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर बिनबेच भएको र १ अर्ब १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ।

आइतबार कृषि बिकास बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। यता रिडी पावर कम्पनीको पनि ५ करोड ४३ लाख बराबरको कारोबार भएको छ ।

यस्तै इस्टर्न हाइड्रो पावर र ग्लोबल आइएमइ बैंकको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

आइतबार १३ वटा उपसूचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै विकास बैंक, फाइनान्स, हाइड्रो पावर र अन्य इन्डेक्समा २ प्रतिशत भन्दा बढिले ओरालो लागेको छ ।