सांकेतिक तस्वीर ।

समाचार

अर्घाखाँचीमा शिशुको बेवारिसे शव फेला

By खबरहब

December 18, 2022

काठमाडौँ- अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोलास्थित माछा पसल नजिकै बेवारिसे अवस्थामा शिशु फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेका अनुसार शिशुको शव कुकुरले आधा खाइसकेको र बच्चा कसको भन्ने कुरा खुल्न बाँकी रहेको बताए । यस सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।