राजनीति

राप्रपा अध्यक्ष लिङ्देन र का.वा. चिनियाँ राजदूत वाङबीच भेटवार्ता

By खबरहब

December 18, 2022

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका कार्यवहाक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ ।

अध्यक्ष लिङ्देनलाई भेट्नका लागि कार्यवहाक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यलय पुगेका थिए । भेटका क्रममा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए ।

यसका साथै उनीहरूबीच समसामयिक विषयमा कुरा भएको बताइएको छ ।