फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

खाद्य असुरक्षाप्रति भारतको चिन्ता

By खबरहब

December 18, 2022

काठमाडौँ– विश्वमा देखिएको खाद्य असुरक्षाप्रति भारतले चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी उप प्रतिनिधि रवीन्द्रले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार राष्ट्रसंघमा बोल्दै उनले युक्रेनमा जारी युद्धका कारण विश्वव्यापी खाद्य सुरक्षामा चुनौति देखिएको र यसबाट आफ्नो मुलुक चिन्तित बनेको उल्लेख गरे ।

कृष्णसागरबाट अन्नको निकासीबारे भएको पहलको स्वागत गर्दै उनले भारतले १८ लाख टनभन्दा धेरै गहुँ अफगानिस्तान म्यान्मारलगायतका कम आय भएका मुलुकलाई निर्यात गरेको समेत जानकारी दिए ।

अहिले जारी खाद्य असुरक्षाको अवस्था अर्को वर्ष सन् २०२३ मा नआओस् भन्ने भारतको चाहना रहेको उनको भनाइ छ ।