खेलकुद

विश्वकप फाइनल : फ्रान्सविरुद्ध अर्जेन्टिना २-० ले अगाडि

By खबरहब

December 18, 2022

काठमाडौं : कतारमा जारी फिफा विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले दुई गोलको अग्रता लिएको छ । खेलको ३६ औं मिनेटमा डिमारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन् ।

यसअघि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।