खेलकुद

मेस्सीको नाममा नयाँ कीर्तिमान

By खबरहब

December 18, 2022

काठमाडौं– कतारमा जारी २२औं विश्वकपको फाइनल खेलेका अर्जेन्टिनाका लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् ।

लुसेल रंगशालामा जारी फाइनल खेल्दै मेसीले विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान बनाएका हुन्।फाइनल खेलसँगै मेसीले विश्वकपमा २६ खेल खेल्दै कीर्तिमान बनाएका हुन्।

यसअघि जर्मनीको लोथार मसाउथले २५ खेल खेल्दै सबैभन्दा बढी खेल्ने कीर्तिमान आफ्नो नाममा राखेका थिए। जारी खेलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले अग्रता बनाएको छ । खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले २-० को अग्रता लिएको हो ।खेलको ३६ औं मिनेटमा डिमारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाएका हुन् ।

यसअघि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए।