खेलकुद

विश्वकप फाइनल : फ्रान्स र अर्जेन्टिनाको बराबरी, एम्बाप्पेकाे लगातार दुई गोल

By खबरहब

December 18, 2022

काठमाडौँ –  कतारमा जारी विश्वकप फुटबलको फाइनलमा खेलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले बराबरी गोल फर्काएको छ । फ्रान्स लागि केलियन एम्बाप्पेले लगातार दुई गोल गर्दै खेललाई बराबरीमा लाएका हुन् ।

खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका केलियान एम्बाप्पेले गोल गरेका थिए।त्यसको एक मिनेटभित्रै एम्बाप्पेले नै अर्को गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। यससँगै खेल २–२ को अवस्थामा आइपुगेको छ।

यसअघि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए। त्यसपछि खेलको ३६ औं मिनेटमा डिमारियाले गोल गरेका थिए ।