खेलकुद

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको खेल अतिरिक्त समयमा

By खबरहब

December 18, 2022

काठमाडौँ : कतारमा जारी विश्वकप फुटबलको फाइनल अन्तरगत अर्जेन्टिना र फ्रान्सबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो ।

खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सका लागि दुवै खेल केलियान एम्बाप्पेले गरेका थिए। खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका उनले त्यसको एक मिनेटभित्रै अर्को गोल गरेका थिए।

यसअघि खेलको २३औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रिले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए। त्यसपछि खेलको ३६ औं मिनेटमा डिमारियाले गोल गरेका थिए ।