फाइल फोटो

समाचार

भोलि देशभर वर्षासँगै हिमपातको सम्भावना

By खबरहब

January 19, 2022

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान मौसम विश्लेषण गर्दै जारी गरेको विज्ञप्तिअनुसार हाल प्रदेश नं १ र मधेस प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ ।

महाशाखाकाअनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशभर अझै बढ्ने क्रममा रहेको चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोधसमेत गरिएको छ ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान