समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 19, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३३७७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – १५१ ११–२० वर्ष –६४३ २१–३० वर्ष – ३३७७ ३१–४० वर्ष – २४६६ ४१–५० वर्ष – १३२१ ५१–६० वर्ष – ८१६ ६१–७० वर्ष –४२९ ७१–८० वर्ष – १७१ ८० वर्षभन्दा माथि– ७९ अज्ञात– ४९