सांकेतिक तस्बिर

समाचार

१९७ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

January 19, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९७ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १६९ कोरोना संक्रमितको आईसीयूमा र २८ को भेन्टिलेटरमा गरी कुल १६५ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २३ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेश प्रदेशमा ३ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ९७ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा १७ जना आईसीयूमा, लुम्बिनी प्रदेशमा २३ जना आईसीयूमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा र सुदुरपश्चिममा ५ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।