फाइल फोटो

युद्ध / शान्ति

रुसमाथि युक्रेनलाई हमला गर्न खोजेको आरोप

By खबरहब

January 19, 2022

काठमाडौँ– रुसले युक्रेनमाथि हमला गर्ने तयारी गरेको छ । युक्रेनले रुसले सीमा क्षेत्रमा फौज तैनाथ गरेको भन्दै हमलाको खतरा औल्याएको हो ।

युक्रेनसँगको सीमा क्षेत्रमा रुसका एक लाखभन्दा बढी सैनिक तैनाथ भएको जनाइएको बीबीसीले जनाएको छ । रुसले हवाई र नौसैनिक पनि तयारी अवस्थामा राखेको छ । तर, रुसले युक्रेनमाथि आक्रमण नगर्ने स्पष्ट पारेको छ । उसले आफ्नो माटोमा सैनिक अभ्यास चलिरहेको भनको छ ।

रुसमाथि पूर्वी युक्रेनमा विद्रोहीलाई सघाएको आरोप छ । सम्भावित आक्रमण रोक्ने प्रयास यूरोपेली युनीयनले गरिरहेको छ । अमेरिकाले पनि आक्रमण नगर्न रुसलाई चेतावनी दिएको छ ।

यसैगरी, रुसले अमेरिकामाथि थप हतियार नदिन चेतावनी दिएको छ । फेसबुकमा अमेरिकास्थित रुसी राजदूतावासले यस्तो चेतावनी दिएको हो ।