क्रिकेट

एक खेल अगावै भारतलाई टी-ट्वान्टी सिरिज

By खबरहब

February 19, 2022

काठमाडौं – एक खेल अगावै भारततले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ। कोलकत्तामा शुक्रबार राति भएको दोस्रो खेलमा स्ट इन्डिजलाई ८ रनले पराजित गर्दै भारतले तीन खेलको सिरिज एक खेल अगाबै जितेको हो।

पहिला ब्याटिङ गरेको भारतले दिएको १ सय ८७ रनको लक्ष्य वेस्ट इन्डिजले भेट्न सकेन। उसले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन मात्र जोड्न सक्यो।

वेस्ट इन्डिजका रोभम्यान पावेलले ६८ र निकोलस पुरनले ६२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिन सकेनन्।

भारतका युजभेन्द्र चाहल, भुवनेश्वर कुमार र रबी बिस्नोईले एकएक विकेट लिए। पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन जोडेको थियो।

भारतका लागि ऋषव पन्त र विराट कोहलीले ५२-५२ रनको अर्धशतकीय इनिङ्स खेले। वेस्ट इन्डिजका रोस्टन चेसले ३ विकेट लिए।