फाइल तस्वीर ।

राजनीति

एकीकृत समाजवादीको बैठक बस्दै, एमसीसीबारे निर्णय लिँदै

By खबरहब

February 19, 2022

काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिएका छन् ।

उनका अनुसार एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ । सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरे पछि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा सडकमै उत्रिएका छन् ।

माओवादीले संशोधनबिना एमसीसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले आज निर्णय लिँदैछ ।

आइतबार सत्ता गठबन्धनको बैठक बस्ने र त्यसपछि प्रतिनिधि सभा बैठक पनि बस्ने तय भएको छ।