रोचक/विचित्र संसार

६७ वर्षदेखि ननुहाएका र मरेका जनावर खाने जाजीको अनौठो जीवनशैली

By खबरहब

February 19, 2022

जाडोयाममा नुहाउन जो कोहीलाई कठिन लाग्न सक्छ तर पनि मानिस नुहाउने गर्दछन् ।

इरानका ८७ वर्षका अमाउ जाजी नामक एक वृद्धले भने विगत ६७ वर्षदेखि नुहाएका छैनन् ।

अमाउले करीब ७ दशकदेखि नुहाएका छैनन् । उनी दुर्भाग्य निम्तिने र यसले उनको मृत्यु नै होला भन्ने सोचका कारण ननुहाएको बताउँछन् ।

यति मात्र होइन उनी आफ्नो दैनिक गुजारा समेत सडकमा मारिएका जनावरहरु खाएर गर्दछन् । साथै उनी सडकका खाल्डाखुल्डीमा जमेका पानी पिउने गर्छन्।

उनको यो अचम्मको जीवनशैलीका कारण उनका साथीभाइ र प्रेमिका बन्न सकेनन् । रोचक त के छ भने यति अस्वस्थ्य जीवनशैलीका बावजुद उनी पूर्ण स्वस्थ छन् । जाजीको प्रतिरोधी क्षमता र सडकमा मारिएका जनावर र सडकका खाल्डामा जमेको पानी खाँदा पनि जाजीलाई कुनै गम्भीर रोग नहुँदा स्वास्थ्य विज्ञसमेत अचम्ममा परेका छन् ।