काठमाडौं- सन् २०१८ सेप्टेम्बरमा भारतको सर्वोच्च अदालतले समलैंगितालाई अपराधको रुपमा हेर्न नमिल्ने ऐतिहासिक फैसला गर्यो। अदालतको आदेशबाट समलैंगितालाई अपराधका रुपमा परिभाषित गर्ने संविधानको धारा ३७७ खारेज भएपछि ‘एल.जी.बि.टि..क्यू.’ समुदायमा हर्षको लहर फैलियो।
यसअघि भारतीय दण्ड संहिताले समलैंगितालाई अपराध मानेको थियो। धारा ३७७ मा कुनै पनि पुरुष, महिला या पशुका साथ अप्राकृतिक संबन्ध राखेमा यो अपराधका लागि १० वर्ष कैद या आजिवन काराबासको सजाय हुने प्रावधान राखिएको थियो। तर, सर्वोच्चको फैसलापछि यो धारा खारेज भइसकेको छ।
अमेरिकाको एक ‘स्वतन्त्रता र समानता अभियान’ अनुसार अहिले विश्वका ७६ देशमा संमलैंगिताप्रति विभेदपूर्ण कानुन कायमै छ। कतिपय देशमा यस्तो सम्बन्ध राख्नेमाथि मृत्युदण्डकै प्रावधान छ। तैपनि केही वर्षयता समलैंगितालाई स्वीकार गर्ने लहर देखिन थालेको छ। अष्ट्रेलियामा हालै ‘गे’ अर्थात् पुरुष-पुरुषको विवाहलाई कानुनी मान्यता दिइएको छ। बरमुडामा पनि यस्तो विवाहमाथि प्रतिबन्ध लगाउने कानुनमा परिवर्तन गरिएको छ।
हालसम्म विश्वका ३२ देशमा समलैंगिक विवाहलाई कानुनी मान्यता दिइएको छ। यो समुदायका मानिसका अनुसार यो विवाहको अधिकारभन्दा पनि पहिचानको लडाइँ हो।
‘लेसबियन’ स्त्री-स्त्री सम्बन्ध राख्छन्। ‘गे’ अर्थात् होमो पुरुष-पुरुष सम्बन्ध राख्छन्। ‘बायोसेक्सुअल’ स्त्री-पुरुष दुबैसँग सम्बन्ध राख्छन्। ‘ट्रान्सजेन्डर’मा चाहिँ जन्मदा स्त्री या पुरुष जे भए पनि हुर्कदै जाँदा लैंगिक रुपान्तरण हुन्छ। ‘क्वेर’ वर्गकालाई चाहिँ आफ्नो लिंग पहिचानमा समस्या हुन्छ। यी सबैको समष्टिगत पहिचान चाहिँ ‘एल.जी.बि.टि.क्यू.’ हो।
पंक्तिकारले तीन वर्षअघि तेश्रो लिंगी भूमिका श्रेष्ठको आत्मवृत्तान्त ‘भूमिका’को सम्पादन गरेको थियो। भूमिका जन्मदा पुरुष थिइन्। हुर्कने क्रममा उनमा स्त्री गुण प्रकट हुन थाल्यो। स्त्रीकै पोशाक लगाउने, केटीहरुसँगै बस्न, खेल्न र संगत गर्न मन पराउने स्वभाव उनमा बढ्दै गएपछि उनलाई लाग्यो, तनले केटा भए पनि मन, स्वभाव र गुणले म केटी हुँ।
भूमिका श्रेष्ठ जन्मदा पुरुष थिइन्। हुर्कने क्रममा उनमा स्त्री गुण प्रकट हुन थाल्यो। स्त्रीकै पोशाक लगाउने, केटीसँगै बस्न, खेल्न र संगत गर्न मन पराउने स्वभाव उनमा बढ्दै गएपछि उनलाई लाग्यो, तनले केटा भए पनि मन, स्वभाव र गुणले म केटी हुँ।
भूमिकाले बैंककको अस्पतालमा शल्यक्रियामार्फत स्तन विकास गराएकी छिन्। उनको ज्यानमा स्त्री हर्मोनको पूर्ण विकास भइसकेको छ। विभिन्न चलचित्रमा स्त्री भूमिकामा अभिनय र नृत्य गर्छिन्। गणतन्त्र स्थापनापछिको खुला परिवेशमा अचेल तेश्रो लिंगीका रुपमा उनलाई हेप्ने या घृणा गर्ने पनि पाखा लागिसकेका छन्। हेर्दा सुन्दर युवती देखिन्छिन्। पुरुषको बिम्ब अब उनको तन र मनबाट मेटिइसकेको छ।
पौराणीक चर्चा महाभारतमा भिष्म पितामहको वध तेश्रो लिंगी शिखण्डीकै कारण भएको कथा पाइन्छ। भिष्मले स्त्रीमाथि प्रहार नगर्ने प्रतिज्ञा गरेकाले अर्जुनले शिखण्डीलाई अगाडि सारेका थिए, जसमा स्त्री र पुरुष दुबै लैंगिक मिश्रण थियो। महादेवका सहयोगी एवं सेनामध्ये ‘किन्नर’हरु पनि थिए। भूत, प्रेत, पिशाच, यक्ष, गन्धर्व र किन्नर आदि महादेवकै अंशका रुपमा रहेको पौराणिक ग्रन्थमा पाइन्छ। यही कारण भारतमा किन्नरले श्राप या आर्शिवाद जे दिए पनि लाग्छ भन्ने विश्वास छ।
पौराणिक कालदेखि आधुनिक कालसम्म अस्तित्वमा रहेका तेश्रो लिंगी या समलिंगीले बल्ल आएर सम्मानजनक पहिचान हासिल गर्न थालेका छन्। कानुनी रुपमा उनीहरुले अधिकार पनि पाएका छन्। नेपालमा निलहिरा समाजका सुमनबाबु पन्त सांसद भए। उनीहरुको सौन्दर्य प्रतियोगिता पनि हुन्छ, जसलाई ‘मिस पिंक’ भन्ने गरिन्छ।
समाजको दृष्टि र चलचित्र समाजमा अझै पनि उनीहरुलाई हेर्ने विभेदपूर्ण दृष्टिकोणमा पूर्ण रुपमा बदलाव आउन सकेको छैन। यही कारण बलिउडदेखि हलिउडसम्मका चलचित्र निर्माता, साहित्यकार, कवि, लेखक, कलाकार यो समुदायको हकहितका पक्षमा सिर्जना गरिरहेकै छन्।
विश्वमा स्त्री र पुरुष गरेर दुई वटा लिंग मात्र होइन, मानिसका अनेकथरी लैंगिक पहिचान हुन्छन् र त्यसलाई आत्मसात गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न सचेत र बौद्धिक वर्ग अनि सर्जकले लामो समयदेखि जागरण अभियान चलाइरहेकै छन्। केही वर्षअघि नेपालका साहित्यकार मोहनराज शर्माले लेखेको उपन्यास ‘सलिजो (समलिंगी जोडी) प्रकाशित भएको थियो, जसमा समलिंगी सम्बन्ध राख्ने जोडीले भोग्नु परेका समस्या, विभेद र संघर्षको कथा छ। समाजले ‘छक्का’, ‘हिजडा’ भनेर लामो समयदेखि अपमान र अवमूल्यन गर्दै आएको यो समुदायको मनोबल बढाउन र सामाजिक सोचमा बदलाव ल्याउन बलिउडमा धेरै चलचित्र बनिसकेका छन्।
समलैंगिक सम्बन्धको विषयवस्तुमा निर्मित पछिल्लो हिन्दी चलचित्र हो, ‘बधाइ दो’, जसले कोरोना संक्रमण कालमा पनि भारतको बक्स अफिसमा अपेक्षित कमाइ गरिरहेको छ।
समलैंगिक सम्बन्धको विषयवस्तुमा निर्मित पछिल्लो हिन्दी चलचित्र हो, ‘बधाइ दो’, जसले कोरोना संक्रमण कालमा पनि भारतको बक्स अफिसमा अपेक्षित कमाइ गरिरहेको छ। नेपालका हलमा प्रदर्शित नभए पनि कतिपय नेपाली दर्शकले यूटयूबमा अपलोड गरिएको ‘हल प्रिन्ट भर्सन’ भए पनि हेरिरहेका छन्। पंक्तिकारले ब्यग्र प्रतिक्षा गरेको यो चलचित्र नेटफ्लीक्समा समेत नराखिएकाले हलप्रिन्ट भर्सन नै हेर्न बाध्य भयो, जुन त्यति खराब प्रिन्ट चाहिँ थिएन।
राजकुमार राव र भूमि पेडनेकर अभिनित यो चलचित्रको कथा अद्भूत छ, जसमा आम मानिसको भन्दा पृथक दाम्पत्य जीवन दर्शाइएको छ। चलचित्रमा भूमि पेडनेकरले पीटी प्रशिक्षक सुमिको भूमिका निर्वाह गरेकी छन् भने राजकुमार राव प्रहरी अधिकारी शार्दुलको भूमिकामा छन्। सुमी ‘लेसबियन’ हुन भने शार्दुल ‘गे’।
दुबैका परिवारलाई उनीहरु समलैंगिक हुन् भन्नेबारे थाहा हुँदैन। अब सुमी र शार्दुलको विवाहको प्रसंग चल्न थाल्छ। दुबैका परिवारले उनीहरुलाई विवाहको दबाब दिन थाल्छन्। एकदिन सुमी र शार्दुलको भेट हुन्छ। शार्दुलले सुमी पनि आफूजस्तै समलैंगिक भएको चाल पाउँछन्। दुबै एक-आपसमा नजिक हुन्छन्। शार्दुलले आफू ‘गे’ भएको खुलस्त बताउँछन्।
विवाहपछि उनीहरु एउटै फ्ल्याटमा अलग-अलग कोठामा बस्छन्। शार्दुल आफ्नो केटा साथीसँग रमाउन थाल्छ, सुमी पनि आफ्नी केटी साथीसँग शारीरिक सम्पर्क राख्छिन्। विवाहले सामाजिक रुपमा आफूहरुको रक्षा गर्ने दुबैको अपेक्षा थियो, तर समाज त्यति सरल कहाँ हुन्छ र ?
अब शार्दुल र सुमी एउठा अनौठो सम्झौता हुन्छ र उनीहरु विवाह बन्धनमा बाँधिन्छन्। विवाहपछि उनीहरु एउटै फ्ल्याटमा अलग-अलग कोठामा बस्छन्। शार्दुल आफ्नो केटा साथीसँग रमाउन थाल्छ, सुमी पनि आफ्नी केटी साथीसँग शारीरिक सम्पर्क राख्छिन्। तर, समस्या यहींबाट सुरु हुन्छ। विवाहले सामाजिक रुपमा आफूहरुको रक्षा गर्ने दुबैको अपेक्षा थियो, तर समाज त्यति सरल कहाँ हुन्छ र ?
दुबैका माता-पिता र आफन्तले ‘बच्चा कहिले पाउने हो ?’ भन्दै दबाब दिन थाल्छन्। विवाह गरेको दुई तीन वर्षसम्म पनि शार्दुल र सुमीबाट बच्चा नभएपछि अनेक खासखुस र गाइंगुई त चल्ने नै भयो, समाजको यो दबाब झेल्न पृथक आयामका समलैंगिक दम्पतीलाई हम्मेहम्मे पर्न थाल्छ। आखिर दुबै मिलेर बच्चा पाउने समस्याको गाँठो कसरी फुकाउँछन्, सुमी र शार्दुलको लैंगिक वास्तविकता कसरी उजागर हुन्छ, त्यसपछि केकस्ता झमेला उत्पन्न हुन्छन् र परिवारले उनीहरुलाई कसरी स्वीकार्छ भन्ने रोचक र रोमाञ्चक कथामा चलचित्र घुमेको छ।
चलचित्रको मध्यान्तरसम्म मनोरंजक भए पनि मध्यान्तरपछि चाहिँ ‘बधाई दो’ले सन्देश र शिक्षा दिने प्रयास गरेको छ। अर्थात् समलिंगी या तेश्रो लिंगीप्रति समाजले नकारात्मक सोच राख्न नहुने पाठ पढाउन खोजिएको छ। चलचित्रमा राजकुमार रावले आफ्नो पात्रतालाई दमदार ढंगले निर्वाह गरेका छन्। समाजसँग लुकाउनुपर्ने आफ्नो लैंगिक पहिचानबाट उत्पन्न असुरक्षा भाव, डर, शंकोचको मनोदशालाई उनले जीवन्त ढंगले प्रस्तुत गरेका छन्। सुमिका रुपमा भूमिको अभिनय पनि बेजोड छ। उनले आफू लेसबियन भएको तथ्य परिवारलाई बताउन हिचकिचाए पनि उनी निडर र बहादुर नारीको भूमिकामा बोल्ड देखिन्छिन्।
निर्देशक हर्षबर्धन कुलकर्णीले गम्भीर विषयमा आधारित यो चलचित्रमा हास्यरसका साथै संवेदनात्मक पक्षलाई पनि कुशलताका साथ संयोजन गरेका छन्। प्रायः गम्भीर र शिक्षाप्रद चलचित्र रुखा हुने गर्छन्। सन्देशमुलक चलचित्रमा मनोरंजनात्मक पक्ष कमजोर हुनेगर्छ। तर, ‘बधाई दो’मा चाहिँ निर्देशकले दर्शकका दुबै इच्छा पुरा गरिदिएका छन्। अर्थात् मनोरञ्जन पनि भरपुर, शिक्षा र सन्देश पनि भरपुर।
समलैंगिक सिनेमाको लहर बलिउडमा यसअघि पनि समलैंगिक विषयमा थुपै्र चलचित्र बनेका छन्। सन् १९९६ मा निर्मित ‘फायर’ नै सम्भवत यस्तो चलचित्र हो, जसले समलैंगिता मुद्दालाई पहिलोपटक चलचित्रको मुलधारमा समेट्यो। दिपा मेहताको यो चलचित्रमा ‘लेसबियन सम्बन्ध’लाई देखाइएको छ। यसको मुख्य भूमिकामा चर्चित अभिनेतृ शबाना आजमी र नन्दिता दास छन्। नब्बेको दशकतिर यसखालको चलचित्र प्रदर्शन हुनु पनि साहसकै कुरा थियो, किनकी यो चलचित्रको त्यसबेला निकै आलोचना भएको थियो।
तैपनि एक वर्षपछि समलैंगिकताकै विषयमा चलचित्र ‘तमन्ना’ बनाए। सन् १९९७ मा भट्ट निर्देशित यो चलचित्रमा अभिनेता परेश रावललले किन्नरको भूमिका निर्वाह गरेका छन्। चलचित्रमा किन्नर परेशले एउटी बच्चीको पालनपोषण गर्छन्, जुन बच्चीको भूमिकामा पूजा भट्टले अभिनय गरेकी छिन्। ‘तमन्ना’को कथा मुख्य रुपमा तेश्रो लिंगीप्रति समाजको नकारात्मक रुझानमा आधारित छ। यो चलचित्रले राष्ट्रिय पुरस्कार नै पायो। परेश रावलकै भूमिकासँग मिल्दोजुल्दो अभिनय चलचित्र ‘सडक’मा सदाशिव अमरावपुरकरले पनि गरेका छन्। सदाशिव तेश्रो लिंगी भए पनि महारानीका रुपमा उनले भिलेनको रोल गरेका थिए।
सन् १९९७ मै अर्को चलचित्र प्रदर्शनमा आयो, ‘दरमीयाँ’। कल्पना लाजिमीले निर्माण गरेको यो चलचित्रमा एउटी चलचित्र अभिनेतृ र उनका किन्नर छोराको कथा छ। यसमा किरण खेर र आरिफ जाकरियाले मुख्य भूमिका निर्वाह गरेका छन्। यो चलचित्रले तेश्रो लिंगीको पीडा, वेदना र उनीहरुको जीवन संघर्षलाई कलात्मक पाराले दर्शाएको छ।
मलैंगिकतामा आधारित तेश्रो चलचित्र अमोल पालेकरको निर्देशनमा बन्यो, ‘दायरा’। यो चलचित्रको कथा पनि विलकुल भिन्न छ। यसमा रंगमंचको अभिनेता र गाउँकी एउटी केटीको जीवन संघर्ष देखाइएको छ।
सन् १९९७ मा समलैंगिकतामा आधारित तेश्रो चलचित्र अमोल पालेकरको निर्देशनमा बन्यो, ‘दायरा’। यो चलचित्रको कथा पनि विलकुल भिन्न छ। यसमा रंगमंचको अभिनेता र गाउँकी एउटी केटीको जीवन संघर्ष देखाइएको छ। थियटरको अभिनेता मंचमा महिला कलाकारको भूमिका निर्वाह गर्छ। उता गाउँकी केटी चाहिँ पुरुष बन्न बाध्य थिइन्। क्रस ड्रेसिङ (केटाले केटीको र केटीले केटाको पोशाक लगाउने)प्रति समाजको धारणा कति साँघुरो छ भन्नेबारे चलचित्रमा देखाउन खोजिएको छ। चलचित्रमा निर्मल पान्डे र सोनाली कुलकर्णीले मुख्य भूमिका निर्वाह गरेका छन्।
बीचमा केही वर्ष समलैंगितामा आधारित चलचित्र बनेनन्। एकै पटक सन् २००५ मा ओनीरको निर्देशनमा चलचित्र ‘माइ ब्रदर निखिल’ प्रदर्शनमा आयो। यो चलचित्रमा चाहिँ समलैंगिकताको विषयलाई निकै कुशलता र भावनात्मक रुपमा प्रस्तुत गरिएको छ। जुही चावला र संजय सुरीको मुख्य भूमिका रहेको यो चलचित्रले धेरै प्रशंसा पायो। अन्तर्राष्ट्रिय मंचमा पनि यसको प्रशंसा भयो।
निर्देशक ओनिरले सन् २०१० मा यस्तै विषयमा अर्को चलचित्र ल्याए, ‘आइ एम’। समलैंगिक विषयमा निर्मित यो चलचित्रले राष्ट्रिय पुरस्कार पनि पायो। खासमा यही चलचित्र प्रदर्शनमा आएपछि नै समलैंगिक सम्बन्धप्रति मानिसको दृष्टिकोणमा सकारात्मक परिवर्तन हुन थालेको हो। यो चलचित्रमा चार वटा कथालाई बुनिएको छ, जुन रोचक, मर्मस्पर्शी र प्रेरक छन्।
सन् २००४ मा प्रदर्शित ‘बम्बे टाकिज’मा पनि चार वटा कथा छन्। जसमा करण जौहर, अनुराग कश्यप, जोया अख्तर र दिवाकर बनर्जीले निर्देशन गरेका छन्। एउटा कथा एक होमोसेक्सुअल जोडीमाथि केन्द्रित छ, जुन चरित्रमा रणदीप हुडा र सकीब सलीमले अभिनय गरेका छन्। उनीहरुको ‘लिप लक’ सिन निकै चर्चित रह्यो। बाँकी कथा पनि समलैंगिक जोडीमै आधारित छ, जसले यो समुदायको सम्मानजनक पहिचानको वकालत गर्छ।
‘मार्गरिटा वीथ अ स्ट्रो’ एउटा सुन्दर चलचित्र हो, जसमा कल्की कोचलिन सेरीब्रल पाल्सीबाट पीडित छन्। सन् २०१५ मा प्रदर्शित यो चलचित्रमा कल्की र उनका नेत्रहीन मित्रसँगको समलैंगिक सम्बन्ध देखाइएको छ। चलचित्रमा बिकलांगको यौन आवश्यकता र समाजमा उनीहरुप्रतिको नकारात्मक रवैया देखाउन खोजिएको छ।
सन् २०१६ मा मनोज बाजपेयीको चलचित्र ‘अलीगढ’ निकै चर्चित रह्यो। किनकी, यो चाहिँ एउटा सत्य घटनामा आधारित चलचित्र थियो। अलिगढको मुस्लिम विश्वविद्यालयका एक प्राध्यापक रामचन्द्र सिरसको कथामा आधारित यो चलचित्रमा प्राध्यापकको छोराको यौन सम्बन्धको भिडियो भाइरल हुन्छ। हंसल मेहताले निकै मेहनतका साथ बनाएको यो चलचित्रमा रुढीवादी मानिस कसरी कसैको जीवनमा नकारात्मक असर पार्छन् र त्यसले कसैको ज्यानसमेत लिनसक्छ भन्ने देखाउन खोजिएको छ।
सन् २०१६ मै प्रदर्शित चलचित्र ‘कपूर एन्ड सन्स’ पनि समलैंगिकतामै आधारित छ। यो यस्तो पारिवारिक नाट्य हो, जसमा परिवारको सबैभन्दा ठूलो छोरा फवाद खान ‘गे’ हुन्छन्। यसमा रुढीवादको साटो फवाद खानको जीवनको यथार्थ देखाउन खोजिएको छ। ‘गे’ हुनु कुनै अपराध होइन भन्ने सन्देश चलचित्रमा देखाउन खोजिएको छ।
जारी छ, रुढीवादको रडाको विश्वको शिक्षित, सचेत र उत्तर आधुनिक चेतले सम्पन्न समाजमा अब समलैंगिक सम्बन्ध नौलो विषय रहेन। अब यो कुनै अपराध या आपत्तिको विषय होइन। तर, भारतलगायतका विश्वका कतिपय ठाउँमा परम्परावादी र रुढीग्रस्त सोच राख्ने चाहिँ अझै पनि यसलाई अपराध या अनैतिक ठान्छन्।
भारतमा योग गुरु बाबा रामदेव अझै पनि समलैंगिक सम्बन्धलाई गलत र अनैतिक ठान्ने गर्छन्। भारतको सर्वोच्च अदालतले जब समलैंगिक सम्बन्धलाई मान्यता दियो, बाबा रामदेवले आफ्नो असन्तुष्टि सार्वजनिक गरे। उनले हाकाहाकी भने, ‘समलैंगिकता एउटा रोग हो। यसलाई योगमार्फत ठिक पार्न सकिन्छ।’
भारतमा योग गुरु बाबा रामदेव अझै पनि समलैंगिक सम्बन्धलाई गलत र अनैतिक ठान्ने गर्छन्। भारतको सर्वोच्च अदालतले जब समलैंगिक सम्बन्धलाई मान्यता दियो, बाबा रामदेवले आफ्नो असन्तुष्टि सार्वजनिक गरे।
बाबा रामदेवको यो कथनबाट अभिनेतृ सेलिना जेटली आक्रोशित भइन्। उनले बाबा रामदेवलाई जवाफ दिइन्, ‘म बाबा रामदेवको सम्मान गर्छु। तर, समलैंगिकता कुनै रोग होइन, जसलाई बाबा ठिक गर्न सक्छन्। मानिसले अरुको बेडरुमका चिहाउन बन्द गर्नुपर्छ। हामी बेडरुममा के गर्छौं यसले हाम्रो चरित्र तय गर्दैन। यदि यस्तै कुराले चरित्र तय हुन थाल्यो भने हामीले तिर्ने करको धेरैजसो हिस्सा मानिसको बेडरुमको निगरानीमा लगाउनुपर्नेछ, यसबाट कयौं बाबालाई यो निगरानीबाट निकै मजा आउनेछ।’
सेलिनाले बाबालाई समाजको ठेकेदार बताउँदै भनिन्, ‘बाबा रामदेव यसकारण समलैंगिकताको विरोध गरिरहेका छन् कि उनको पालन पोषण खुला माहौलमा भएन। उनी आफ्नो योग र प्राणायामै सीमित हुनुपर्छ। कुनै पनि रोग ठिक गर्न मेडिकल शिक्षा आवश्यक छ, यदि कुनै अध्ययन र शिक्षाबिना बाबाले औषधि दिन थाले भने उनीमाथि जाली चिकित्सकको आरोप पनि लाग्नसक्छ।’
कुनै पनि रोग ठिक गर्न मेडिकल शिक्षा आवश्यक छ, यदि कुनै अध्ययन र शिक्षाबिना बाबाले औषधि दिन थाले भने उनीमाथि जाली चिकित्सकको आरोप पनि लाग्नसक्छ।
बाबा पनि के कम ? उनले ठाडै सेलिनाको चरित्रमाथि प्रश्न उठाए। उनले भने, ‘यी नायिकाहरु भारतीय संस्कृतिका बारेमा केही जान्दैनन्। उनीहरु आफ्ना मातापिताबाट अलग रहन्छन् उनीहरुमा कुनै नैतिकता पनि हुँदैन। उनीहरुका केटा साथीहरु हरेक महिना बदलिरहन्छन्। जोसँग जति ज्ञान हुन्छ, उसलाई सत्यको त्यति नै जानकारी हुन्छ। नायिकाको आफ्नै बाटो छ, उनीहरु त्यसमै हिँडन जानेका छन्।’