फाइल फोटो

राजनीति

जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः अध्यक्ष तिमिल्सिना

By खबरहब

February 19, 2022

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधि र राजनीतिकर्मी मतदाता र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

कास्कीको पोखरामा शनिबार डब्ल्यूएचओको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कोभिडसम्बन्धी विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने विचार व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले विश्वमा जनप्रतिनिधिले कोभिडविरुद्ध के के गरे भन्ने सन्दर्भको समीक्षा गर्दा नेपाल अगाडि रहेको दाबी पनि गरे ।

कार्यक्रममा सातवटै प्रदेशका सभामुख र उपसभामुख, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संभाजिराव पाण्डवलगायतको उपस्थिति थियो ।