समाचार

जुम्लामा शरीरमा आगो लागेर एक जनाको मृत्यु

By खबरहब

February 19, 2022

जुम्ला– जुम्लाको तातोपानीमा आगो सल्केर एक जनाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द्र रोकायको शरीरमा आगो सल्किँदा जलेर मृत्यु भएको हो ।

चिसोका कारण न्यानो बनाउन बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्केर घाइते भएका रोकायको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

बिहीबार आगो लागेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार दिउँसो मृत्यु भएको हो ।