मुख्य समाचार

थप ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

By खबरहब

February 19, 2022

काठमाडौं– पछिल्लो २४ घण्टामा थप ३ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा १ हजार २७२ जना निको भएका छन् । नेपाल कुल सङ्क्रमित मध्ये ९ लाख ५० हजार ५६ जना सङ्क्रमणमुक्त भएका छन् । निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् ।