समाचार

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

By खबरहब

February 19, 2022

बाँके– बाँकेको राप्ती सोनारीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट राप्ती सोनारी–६ डाँडाटेपरीका ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको हो ।

शनिबार वनमा दाउराका लागि गएका उनीमाथि महुवा खोलानजिक बाघले आक्रमण गरेको थियो ।

बाँकेमा पछिल्लो ५ महिनामा बाघको आक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।