मुख्य समाचार

नेकपा एसले भन्यो– ‘एमसीसी जस्ताको तस्तै अनुमोदन हुँदैन’

By खबरहब

February 19, 2022

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीले एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्न गर्न नसकिने भए पनि संसदमा सघन छलफल गर्न तयार हुने निर्णय गरेको छ ।

बैठकपछि विज्ञप्ति जारी गर्दै नेकपा एसका महासचिव डा. बेदुराम भुसालले बैठकमा वर्तमान राष्ट्रिय परिस्थिति र एमसीसीका बारेमा छलफल भएको जानकारी दिएका छन् ।

नेता झलनाथ खनालले एमसीसी कम्याक्ट अध्ययन समूहले तयार पारेको निश्कर्ष प्रस्तुत गरेका थिए । बैठकमा स्थायी कमिटीका २५ जना सदस्यहरूले दुवै विषयमा आ–आफ्ना धारणा राखेको विज्ञप्तिमा जनाइएको छ ।

‘बैठकले एमसीसी कम्प्याक्टलाई जस्ताको तस्तै अनुमोदन गर्न नसकिने तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको छ’ भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।