देश/प्रदेश

मधेश प्रदेशमा मावनअधिकार उल्लंघनका ७ हजार ५८ घटनाः इन्सेक

By खबरहब

February 19, 2022

जनकपुरधाम– इन्सेकले मधेश प्रदेशमा सन् २०२१ मा ७ हजारभन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

जनकपुरधाममा शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको कार्यक्रम गरी मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको हो । पुस्तकमा मधेश प्रदेशमा सन् २०२१ मा ७ हजार ५८ वटा घटना मानवअधिकार

उल्लंघनसँग जोडिएको उल्लेख छ । त्यस्तै, अपहरणका २४, पक्राउसम्बन्धी ३, महिला अघिकार उल्लंघनका २ सय २८, बाल अधिकार उल्लंघनका २२३ घटना भएको उल्लेख छ ।

कार्यक्रममा जनकपुर उच्च अदालतका न्यायाधीश हरिप्रसाद बंगाले, मधेश प्रदेशसभा सांसद मञ्जु यादव, ईन्सेकका मधेश प्रदेश प्रमुख राजु पासमानलगायत सहभागी थिए ।

त्यसक्रममा मानव अधिकार अभिलेख र पैरवीमा प्रदेशमा उत्कृष्ट कार्य गरेवापत् रौतहट जिल्ला प्रतिनिधि कोपिला तिम्लिसिनालाई ७ हजार नगदसहित पुरस्कृत गरिएको थियो ।