राजनीति

‘आठ जिल्ला मात्र मधेश होइन, क्षेत्र विस्तारका लागि संघर्ष हुन्छ’ : महतो

By खबरहब

February 19, 2022

धनुषा– लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेश प्रदेशको क्षेत्र विस्तारका लागि संघर्ष हुने बताएका छन् ।

शनिबार पार्टीको नगराइन नगर कार्यसमितिको अधिवेशनमा नेता महतोले आठ जिल्ला मात्र मधेश नरहेको भन्दै यसको विस्तारका लागि आगामी दिनमा संघर्ष हुने बताएका हुन् ।

प्रदेश नम्बर २ लाई पहिचानका आधारमा मधेश नामाकरण गर्नु महत्वपूर्ण उपलब्धि भएको पनि उनले बताए ।

वरिष्ठ नेता महतोले मेचीदेखि महाकालीसम्म मधेश–थरुहटका लागि संघर्ष भएको स्मरण गर्दै अधिकारको लडाईँ बाँकी रहेकोसमेत बताए ।