नेपालमा शिक्षा क्षेत्रको विकास गरेको खण्डमा मुलुकको समग्र विकास हुने धारणा विभिन्न राजनीतिक नेता, शिक्षाविद् र अरु सामाजिक अभियन्ताले बेलाबेला बताउँदै आएका छन्। यद्यपि छोटो छोटो समयमा हुने राजनीतिक परिवर्तन र नेतृत्व तहले शिक्षा क्षेत्रलाई उचित ध्यान दिन नसकेका कारण नेपालको शैक्षिक गुणस्तर अझै प्रगतिउन्मुख हुन नसकेको शिक्षाविद्को भनाइ छ।
त्यसमाथि उच्च शिक्षा र विश्वविद्यालय तहमा हुने विद्यार्थी राजनीतिले पनि नेपाली शिक्षा क्षेत्रमा नकारात्मक असर पर्दै गएको जानकारहरु औँल्याउने गर्छन्। तर, उत्तर युरोपेली मुलुक फिनल्याण्डमा भने यस्तो छैन। फिन्निश समाजलाई विश्वकै आदर्श मानिन्छ। अझ फिनल्याण्डको शिक्षा नेपालमा मात्रै होइन विश्वकै लागि उदाहरण बन्नसक्छ।
फिनल्याण्ड संसारकै सबैभन्दा समृद्ध मुलुकको सूचीमा छ। फिनल्याण्डका नागरिक संसारकै सबैभन्दा खुशी मानिन्छन् भने यहाँको स्थायित्व, सामाजिक प्रगति, स्वतन्त्रता र सामाजिक सुरक्षा विश्वकै अग्रस्थानमा आउने गरेको छ।
फिनल्याण्ड संसारकै सबैभन्दा समृद्ध मुलुकको सूचीमा छ। फिनल्याण्डका नागरिक संसारकै सबैभन्दा खुशी मानिन्छन् भने यहाँको स्थायित्व, सामाजिक प्रगति, स्वतन्त्रता र सामाजिक सुरक्षा विश्वकै अग्रस्थानमा आउने गरेको छ।
प्रगतिशील सामाजिक मान्यताकै कारण फिनल्याण्डको समाजलाई विश्वकै उदाहरणीय मानिन्छ। फिनल्याण्ड समृद्धि, शिक्षा तथा साक्षारता, प्रतिस्पर्धात्मक अर्थतन्त्र, न्यून भ्रष्टाचार, स्वास्थ्य सेवा, हरियाली तथा दिगो विकास, मानव संशाधनलगायतका सूचकांकमा शीर्षस्थानमा आउँछ।
साँच्चै भन्दा फिनल्याण्ड आदर्श समाजको उदाहरण नै हो। फिनल्याण्डको विकास र प्रगतिका लागि भने त्यहाँको शिक्षा प्रणालीलाई जस दिने गरिन्छ। फिनल्याण्डको शिक्षा प्रणाली विश्वका अन्य मुलुकको भन्दा भिन्न र प्रगतिशील रहेकै कारण फिनल्याण्ड प्रगतिको पथमा अघि बढेको हो।
शिक्षा प्रणाली फिनल्याण्डमा शिक्षा प्रणाली विश्वकै नमुना मानिन्छ। यहाँका हरेक नागरिक साक्षर छन्। बहुसङ्ख्यक लुथेरियन सम्प्रदायका इसाईको बसोबास रहेको र लुथेरियन सम्प्रदायले आ–आफ्नो भाषामा बाइबलको अध्ययनलाई जोड दिने गरेकाले साँस्कृतिक रुपमा नै फिनल्याण्डमा साक्षरतालाई जोड दिने गरिन्छ। १९ औं शताब्दीमा नै फिनल्याडको साक्षरता ०–९० प्रतिशत पुगेको अनुमान गरिन्छ। पहिलो पटक साक्षारताको अभिलेख राखिने बेला सन् १८० मै फिनल्याण्डको साक्षरता दर ९७ प्रतिशत थियो।
आधुनिक शैक्षिक प्रणाली अनुसार त्यहाँ पूर्ण रुपमा निः शुल्क र अनिवार्य ९ वर्षे विस्तृत शिक्षाको अवधारणा छ। विद्यार्थीले विद्या आर्जनका लागि गर्ने सम्पूर्ण खर्च राज्यको जिम्मेवारीका रुपमा रहेको छ।
फिनल्याण्डमा शिक्षा प्रणाली विश्वकै नमुना मानिन्छ। हरेक नागरिक साक्षर छन्। बहुसङ्ख्यक लुथेरियन सम्प्रदायका इसाईको बसोबास रहेकोले आ–आफ्नो भाषामा बाइबलको अध्ययनलाई जोड दिने गरिन्छ।
विद्यालयको पाठ्यसामग्री, विद्यालयमा दिइने खाना, पोसाक, यातायातदेखि सम्पूर्ण खर्च राज्यले व्यहोर्ने व्यवस्था छ। फिनल्याण्डमा निजी विद्यालय छैनन्। अतः गरिब र धनी वर्गका विद्यार्थीले लिने शिक्षामा भेदभाव हुन्न। त्यसबाहेक त्यहाँको हरेक क्षेत्रमा रहेका हरेक विद्यालयलाई उत्तिकै महत्व दिने गरिन्छ।
राजधानी हेलसिन्कीमा रहेको विद्यालय र दुर्गम क्षेत्रमा रहेको विद्यालयमा उपलब्ध श्रोत, साधन र सेवामा कुनै भेदभाव हुन्न। त्यसैले फिनल्याण्डमा ‘सबैभन्दा उत्कृष्ट’ विद्यालय वा ‘सबैभन्दा कमजोर’ विद्यालय भन्ने नै हुन्न।
त्यहाँ बालबालिकालाई जन्मेको ८ महिनादेखि ६ वर्षको उमेरसम्म ‘डे केयर’ मा वयस्क अभिभावकको निगरानीमा राखिन्छ। यस्ता डे केयरमा बालबालिकाको शारीरिक तथा बौद्धिक विकासका लागि आवश्यक खेल्ने सामग्री तथा समाजमा घुलमिल हुन सहज होस् भन्ने किसिमका सामग्री उपलब्ध गराइन्छ।
विद्यालयको पाठ्यसामग्री, विद्यालयमा दिइने खाना, पोसाक, यातायातदेखि सम्पूर्ण खर्च राज्यले व्यहोर्ने व्यवस्था छ। फिनल्याण्डमा निजी विद्यालय छैनन्। अतः गरिब र धनी वर्गका विद्यार्थीले लिने शिक्षामा भेदभाव हुन्न।
त्यस्तै, ६ वर्षको उमेरमा प्रिस्कूलमा राखिने गरेको छ। यस्ता प्रिस्कूलमा बालबालिकालाई ‘कसरी सिक्ने’ भन्ने सिकाइन्छ।
बालबालिकाको औपचारिक विद्यालय शिक्षा ७ वर्षको उमेर नहुन्जेलसम्म सुरु हुन्न। ७ वर्षको उमेरका बालबालिकालाई अभिभावकसँग नभई आफैं विद्यालय जान प्रोत्साहित गरिन्छ। ७ वर्षको उमेरमा बालबालिका विद्यालय जान परिपक्व भइसक्ने र आफैं विद्यालय जानुपर्ने भएकाले उनीहरु विद्यालय जान समेत उत्साहित हुने गर्छन्।
त्यसपछि बालबालिकाको ९ वर्षे विस्तृत शिक्षा सुरु हुन्छ। उनीहरु विद्यायलमा केबल ३ देखि ४ घण्टासम्म मात्र रहने गर्छन्। ९ वर्षे विस्तृत विद्यालय शिक्षाका क्रममा उनीहरुलाई आधारभूत अध्ययन गराइन्छ। त्यहाँ शिक्षकले विद्यार्थीको रुची अनुसारका सिकाई सिकाउने गर्छन्। त्यहाँ विद्यार्थीले साहित्य, सङ्गीत, कला, खाना पकाउनेदेखि विज्ञान, गणित, स्वास्थ्य र सामाजिक शिक्षा लगायतका क्षेत्रमा आफ्नो रुचीलाई अझ परिष्कृत गर्न सक्छन्।
बालबालिकाको औपचारिक विद्यालय शिक्षा ७ वर्षको उमेर नहुन्जेलसम्म सुरु हुन्न। ७ वर्षको उमेरका बालबालिकालाई अभिभावकसँग नभई आफैं विद्यालय जान प्रोत्साहित गरिन्छ।
त्यस्तै, त्यहाँको आधारभूत शिक्षा प्रणालीले प्रतिस्पर्धा भन्दा पनि सहकार्यमा जोड दिने गरेको छ। त्यहाँका विद्यालयमा परीक्षा, गृहकार्य र विद्यालय तथा विद्यार्थी बीचको प्रतिस्पर्धालाई निरुत्साहित गरिँदै आइएको छ भने विद्यालयमा विद्यार्थीको उपस्थितिलाई महत्व दिइँदैन। वर्तमान शिक्षा प्रणाली अनुसार त्यहाँ हाइस्कुलको अन्त्यसम्म कुनै परीक्षा लिइँदैन। यसबाट विद्यार्थीमा स्वतः प्रतिस्पर्धाको भाव हराएर जाने र विद्यार्थीबीच सहकार्य बढ्छ।
त्यस्तै, त्यहाँ विद्यार्थीलाई दैनिक केबल आधा घण्टाको समयमात्र गृहकार्य गर्न दिइन्छ। फिनल्याण्डको शिक्षा प्रणालीले ‘बालबालिकाको बालापन’ लाई महत्त्व दिने गरेको छ। त्यहाँको आधारभूत शिक्षा प्रणाली ‘विद्यालय बालबालिकाले खुशी पाउने स्थान हुनुपर्छ’ भन्ने मान्यतामा आधारित छ। सोही अनुसार बालबालिका कुन क्षेत्रमा रुची राख्छन् र के गर्दा उनीहरु खुशी हुन्छन् भन्ने दिशामा हरेक शिक्षकको ध्यान रहने गर्छ। त्यसबाहेक त्यहाँ शिक्षक बन्न पनि सहज छैन। त्यहाँ आधारभूत शिक्षकले कम्तीमा स्नातकोत्तर उत्तिर्ण गरेकै हुनुपर्छ भने शिक्षक छनौट पनि धेरै नै जटिल हुने गरेको छ।
विद्यार्थीलाई दैनिक केबल आधा घण्टाको समयमात्र गृहकार्य गर्न दिइन्छ। फिनल्याण्डको शिक्षा प्रणालीले ‘बालबालिकाको बालापन’ लाई महत्त्व दिने गरेको छ। त्यहाँको आधारभूत शिक्षा प्रणाली ‘विद्यालय बालबालिकाले खुशी पाउने स्थान हुनुपर्छ’ भन्ने मान्यतामा आधारित छ।
त्यहाँ विद्यार्थी र शिक्षक संख्याको अनुपात एकदमै थोरै रहेको तथा एकै शिक्षकले विद्यार्थीलाई ६ वर्षसम्म अध्यापन गराउने हुँदा शिक्षक र विद्यार्थीबीचको सम्बन्ध एकदमै मजबुत हुने गरेको छ। त्यो सम्बन्ध यति मजबुत हुन्छ कि शिक्षकलाई बालबालिकाका परिवारले परिवारका सदस्यकै रुपमा स्वीकार गर्ने गर्छन्। शिक्षण पेसालाई फिन्निस समाजमा आदर गरी उपल्लो दर्जामा राखिने गरेको छ।
विद्यार्थीले आधारभूत अध्ययन सकेपछि उच्च माध्यमिक शिक्षा रोज्न सक्छन्। यो अनिवार्य नभए पनि ९० प्रतिशत विद्यार्थीले आधारभूत शिक्षा सकिए लगत्तै उच्च माध्यमिक शिक्षा नै रोज्ने गरेका छन्। तीन वर्षे उच्च माध्यमिक शिक्षामा पनि नियमित वा व्यावसायिक शिक्षा रोज्ने भन्ने दुई विकल्प हुने गरेको छ। ६० प्रतिशत विद्यार्थीले नियमित उच्च माध्यमिक शिक्षा लिने गरेका छन् भने ४० प्रतिशतले व्यावसायिक शिक्षा लिएका छन्।
नियमित शिक्षा रोज्नेहरु आफूले इच्छाएको विषय थप अध्ययन गर्न सक्छन्। यस्तो नियमित शिक्षा लिनेले अध्ययनको अन्त्यमा मुलुकको एकमात्र राष्ट्रियस्तरको परीक्षा दिने गरेका छन्। कलेजमा भर्ना हुने प्रक्रियाका लागि आवश्यक पर्ने भएकाले परीक्षा दिनुपर्ने व्यवस्था छ।
व्यावसायिक रुपमा सफल हुन चाहनेले भने आफ्नो क्षेत्रमा केन्द्रित भएर व्यावसायिक शिक्षा लिने गरेका छन्। व्यावसायिक शिक्षाकै क्रममा विद्यार्थीले मुलुकका विभिन्न उद्योगमा काम गर्न समेत पठाइन्छ। व्यावसायिक शिक्षाको अन्त्यमा विद्यार्थीलाई निपूणताको प्रमाणपत्र प्रदान गरिन्छ।
विद्यार्थीले आधारभूत अध्ययन सकेपछि उच्च माध्यमिक शिक्षा रोज्न सक्छन्। यो अनिवार्य नभए पनि ९० प्रतिशत विद्यार्थीले आधारभूत शिक्षा सकिए लगत्तै उच्च माध्यमिक शिक्षा नै रोज्ने गरेका छन्।
यद्यपि नियमित शिक्षा वा व्यावसायिक शिक्षा लिने विद्यार्थीले आफ्नो पढाइका क्रममा आफ्नो क्षेत्र परिवर्तन गर्नसमेत सक्छन्। यसअनुसार नियमित शिक्षा लिइरहेका विद्यार्थीले व्यावसायिक वा व्यावसायिक शिक्षा लिइरहेका विद्यार्थीले नियमित शिक्षाको अध्ययनलाई अघि बढाउन सक्छन्।
विद्यार्थीले उच्च शिक्षा सकिएपछि बल्ल फिनल्याण्डका विश्वस्तरका कलेज तथा विश्वविद्यालयमा भर्ना भएर आफ्नो अध्ययनलाई अघि बढाउन सक्छन्। यसअनुसार उनीहरुले स्नातक, स्नातकोत्तर, विद्यावारिधि वा त्योभन्दा माथिको अध्ययनका लागि बाटो खुला हुन्छ।
नेपालको अवस्था नेपालमा भने सानै उमेरमा बालबालिकालाई विद्यालय पठाइने गरिएको छ। त्यसमाथि लामो कक्षा तथा भारी झोला बोकाएर बालबालिकालाई विद्यालय पठाइन्छ। आफ्ना छोराछोरीको शिक्षाका लागि बाबुआमाले आफ्नो कमाईको ठूलो हिस्सा नै खर्च गर्नुपर्ने हुन्छ।
त्यसबाहेक नेपालमा निजी तथा सरकारी विद्यालयबीचको विभेदका कारण धनी वर्गका बालबालिकाले निजी विद्यालयमा राम्रो शिक्षा तथा गरिब वर्गका बालबालिकाले सरकारी विद्यालयमा गुणस्तरहीन शिक्षा लिनुपर्ने अवस्था छ।
विद्यार्थीलाई कहिले बिदा आउला र विद्यालय नजानपाए हुन्थ्यो भन्ने लागिरहेको हुन्छ। त्यस्तै, नेपालमा शिक्षकले विद्यार्थीलाई कुट्ने गरेको तथा अन्य यातना दिने गरेको समाचार पनि बारम्बार सार्वजनिक हुने गरेका छन्। यसबाट विद्यार्थी र शिक्षकबीचको सम्बन्ध पनि राम्रो देखिन्न।
नेपालमा निजी तथा सरकारी विद्यालयबीचको विभेदका कारण धनी वर्गका बालबालिकाले निजी विद्यालयमा राम्रो शिक्षा तथा गरिब वर्गका बालबालिकाले सरकारी विद्यालयमा गुणस्तरहीन शिक्षा लिनुपर्ने अवस्था छ।
अर्कोतर्फ बालबालिकालाई आवश्यकता भन्दा धेरै गृहकार्य दिइने गरेको छ। यसले बालबालिकाले घरमा रहँदा समेत अध्ययनमा ध्यान दिनुपर्ने भएकाले परिवार तथा समाजप्रति घुलमिल हुन समस्या पर्दै आएको छ।
उत्कृष्ट शिक्षा प्रणालीका कारण फिनल्याण्ड विश्वमा सबैभन्दा प्रगतिशील तथा अग्रगामी मुलुकको सूचीमा शीर्ष स्थानमा आएको हो। नेपालजस्ता मुलुकले पनि फिनल्याण्डको शिक्षा प्रणालीबाट धेरै सिक्न सक्छन्।