फाइल फोटो

समाचार

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

By खबरहब

March 19, 2022

काठमाडौँ – देशका पहाडी भू-भागमा आज हल्का वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भेगको मौसम सामान्यतः सफा रहने छ।

दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश १ को पहाडी भू-भागमा ह्लका वर्षाको सम्भावना रहेको छ।