तस्बिर : बीबीसी हिन्दी

अन्तर्राष्ट्रिय

आदित्यनाथले दोस्रो कार्यकालका लागि शपथ लिने कार्यक्रम तय

By खबरहब

March 19, 2022

काठमाडौँ – उत्तर प्रदेशमा बहुमतसहित जित हात पारेको भारतीय जनता पार्टीले सरकार बनाउँदै छ।

शपथ ग्रहण कार्यक्रम आगामी चैत ११ गते (२५ मार्च) लखनउमा हुने भएको छ । सहिद पथ स्थित इकाना स्टेडियममा दिउँसो ४ बजे सुरु हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

जहाँ मुख्यमन्त्री आदित्यनाथले दोस्रो पटक शपथ लिनेछन् । कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंहलगायत सहभागी हुने जनाइएको छ ।