फाइल फोटो

राजनीति

गठबन्धनतर्फ संकेत गर्दै ‍ओलीले भने- ‘स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन’

By खबरहब

March 19, 2022

काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनतर्फ संकेत गर्दै स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नामै लिएर एमालेले जिताइदिएका जनप्रतिनिधिको कार्यकाल अब सकिएको बताएका हुन् ।

‘प्रचण्डजी, हामीले बनाइदिएको भाँडो हेरेर बसिरहनुभएको छ, भाँडो त सिक्दिसक्यो त,’ उनले भने, ‘हामीले टाँसिदिएका जुँगामा ताउ लाउने ?’ यो चुनावले बनाएको गठबन्धन हो र ? ओलीले प्रश्न गर्दै भने, ‘अदालतले बनाएको काँचो सिसाले बनाएको गठबन्धन हो।’