सांकेतिक तस्बिर

राजनीति

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्छ : राप्रपा

By खबरहब

March 19, 2022

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने जनाएको छ ।

विदेशमा श्रम, सीप र ज्ञानको उपयोगमार्फत आर्जन गरी पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको र योगदानकर्ता उनीहरूको मताधिकार सुनिश्चित गर्नुपर्ने तर्क राप्रपाले अघि सारेको छ ।

पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीहरूको भूमिका देशको शासन व्यवस्थामा मताधिकारबाट हुनुपर्ने बताए ।

‘विदेशमै रहेर पनि मतदान गर्ने अधिकार उन्नत प्रजातान्त्रिक मुलुकहरूमा छ, देशको शासन व्यवस्था सञ्चालनमा भूमिका छ र नेपालमा पनि हुनुपर्छ’, लावतीले भने । वर्तमान निर्वाचन प्रणालीअनुसार विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार छैन ।