धर्म / संस्कृति

जनकपुरधाममा आज होली मनाइँदै

By खबरहब

March 19, 2022

जनकपुधाम– जनकपुरधाममा आज होली पर्व मनाइँदै छ । मधेश प्रदेशसहित तराईका जिल्लाहरूमा शुक्रबार नै होली पर्व मनाइए पनि जनकुरधाममा भने आज होली मनाइँदैछ ।

जनकपुरधाममा १५ दिने माध्यमिकी परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा रहेको छ ।

शुक्रबार परिक्रमामा सहभागी तीर्थयात्री तथा सर्वसाधारणले अन्तरगृह परिक्रमा गरेका थिए । यही अन्तरगृह परिक्रमा सम्पन्न भएको भालिपल्ट अर्थात् शनिबार होली मनाइँदैछ ।

होली पर्वको अवसरमा जनकपुरधामका विभिन्न चोकमा युवाहरूले मटका फोर कार्यक्रम पनि आयोजना गरेका छन् । जनकपुरधामको राम चोक, जानकी चोकमा मट्का फोर कार्यक्रम गरिएको छ ।