तस्वीर- फेसबुक/युक्रेनी वायुसेना

अन्तर्राष्ट्रिय

१२ रुसी हवाई निशाना ध्वस्त पारेको युक्रेनी दाबी

By खबरहब

March 19, 2022

काठमाडौं- २४ घण्टाको अवधिमा १२ आक्रमणकारी रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनी फौजले दाबी गरेको छ ।

युक्रेनी फौजले रुसका दुई लडाकु विमान, तीन हेलिकोप्टर, तीन ड्रोन र चार क्रुज क्षेप्यास्त्र ध्वस्त पारिदिएको दाबी गरेको हो । फेसबुकमा पोष्ट गर्दै युक्रेनी फौजको वायुसेना बलको कमान्डले यस्तो दाबी गरेको हो ।

यिमध्ये १० निशाना युक्रेनको वायुसेनाले ध्वस्त पारेको जनाइएको छ भने बाँकी दुई निशाना जमिनमा आधारित हवाई रक्षा एकाइले ध्वस्त पारेको युक्रेनी वायुसेनालाई उद्धृत गर्दै युक्रेनबाट प्रकाशित हुने युक्रेइन्फोर्म अनलाइनले जनाएको छ ।

रुसले गत फेब्रुअरी २४ यता युक्रेनमा आक्रमण थालेको हो । त्यसयता युक्रेनी पक्षले १४ हजार २ सय भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको र अरु सयौं हतियार एवम् सैनिक उपकरण ध्वस्त पारिदिएको दाबी गरेको छ ।