तस्वीर- पिक्चर अलायन्स

अन्तर्राष्ट्रिय

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त

By खबरहब

March 19, 2022

काठमाडौं- उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमानमा चार जना सवार रहेको नर्वेजियन उद्धार केन्द्रले जनाएको छ । दुर्घटनामा चारै जनाको मृत्यु भएको बताइएको छ ।

एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नेटो सैन्य अभ्यासमा भाग लिइरहेको अमेरिकी मरिन कोरको एमभी २२ – बी ओस्पेरी विमान उत्तरी नर्वेको बोडो नगर नजिकै दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

खराब मौसमका कारण उद्धार गर्न गएका हेलिकोप्टर अवतरण गर्न समस्या परेको स्थानीय अधिकारीले जनाएका छन् । सोही कारण स्नोमोबिलको प्रयोग गरी घटनास्थलमा टोली पठाइएको जनाइएको छ ।

यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो ।

‘अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ ।’ प्रवक्ताले भने ।