तस्वीर- गेटी इमेज

अन्य

होलीमा रङ्ग जमेको र पानी पसेको फोनलाई कसरी सफा गर्ने ?

By खबरहब

March 19, 2022

काठमाडौं- हर्षोल्लास सहित यो वर्षको होली पनि सकिएको छ । होलीमा रङ्ग खेल्ने क्रममा ख्याल नगर्दा फोन, स्मार्टवाच र इयरबड्सजस्ता व्यक्तिगत प्राविधिक उपकरणमा पानी पस्ने, रङ्ग जम्ने जस्ता समस्या हुनसक्छ ।

फोनमा पानी पसेर अनि रङ्ग जमेर धेरैले सास्ती पाएका हुन्छन् । फोनमा पानी जमेको छ भने तपाईंले चामलको बोरामा फोनलाई केही समय राख्न सक्नुहुन्छ । यसो गर्दा चामलले फोनमा पसेको पानीलाई सोस्दछ ।

यसो गर्नाले पानी नै पसेको कारणले तपाईंले मोबाइल बनाउन लगिरहनु पर्ने सम्भावना रहँदैन । तर, फोनमा जमेको रङ्गलाई कसरी हटाउने ? यसका लागि तपाईंले कपासले सफा गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईंले कपासको सानो टुक्रालाई स्यानिटाइजरमा चोपेर फोन सफा गर्नुभयो भने लागेको रङ्ग जाने सम्भावना हुन्छ । यदि रङ्ग गाढा लागेको छ र स्यानिटाइजरले सफा गर्दा पनि गएन भने अल्कोहलको पनि प्रयोग गर्न सकिन्छ ।