समाचार

नेपालमा थप १७ जनामा कोरोना संक्रमण

By खबरहब

March 19, 2022

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयमा ४ सय ९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा मृत्युदर भने शुन्य रहेको छ ।

हाल देशभर ३ हजार ५ सय ९५ जना सक्रिय संक्रमित छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार ७ सय २९ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ ।