तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

‘पाकिस्तानमा क्षेप्यास्त्र खसेको विषय दुर्भाग्यपूर्ण, छानबिन हुनेछ’ – भारतीय रक्षामन्त्री

By खबरहब

March 19, 2022

काठमाडौं– पाकिस्तानी भूमिमा ब्रह्मोस क्षेप्यास्त्र खसेको विषयमा उच्चस्तरीय छानबिन गरिने भारतीय रक्षामन्त्री राजनाथ सिंहले जनाएका छन् । संसद्लाई घटनाबारे जानकारी दिँदै रक्षामन्त्री सिंहले असावधानीवश क्षेप्यास्त्र प्रहार भएको भन्दै यसबारे छानबिन गरिने जनाएका हुन् ।

नियमित मर्मत एवम् निरीक्षणका क्रममा बेलुकी ७ बजेतिर असावधानीवश क्षेप्यास्त्र प्रहार भएको उनले बताए । उक्त क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खसेको बारे पछि मात्रै थाहा भएको उनको भनाइ छ ।

स्रोतलाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले जनाएअनुसार सैनिक अभ्यासका क्रममा अम्बाला क्षेत्र नजिकबाट उक्त क्षेप्यास्त्र प्रहार हुन पुगेको थियो ।

घटनालाई दुर्भाग्यपूर्ण भन्दै रक्षामन्त्री सिंहले यसबाट कुनै हताहती नभएको बताए । उनले सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिएको र आइन्दा यस्तो दुर्घटना नहोस् भन्नेमा सतर्क रहने उनले संसद्लाई विश्वास दिलाए ।