फाइल फोटो

राजनीति

नेपाली कम्युनिष्टहरूको बोलीको ठेगान छैनः महामन्त्री शर्मा

By खबरहब

March 19, 2022

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कम्युनिष्टहरूको बोलीको ठेगान भएको टिप्पणी गरेका छन् ।

महामन्त्री शर्माले बोलीको ठेगान नभएका नेपाली कम्युनिष्टहरूलाई कार्ल मार्क्स र लेनिनले समेत भोट नदिने टिप्पणी गरेका हुन् ।

उनले भने– ‘यदी कार्ल मार्क्स र लेनिनले नै भोट हाल्न पाउँथे भने पनि बोलीको ठेगान नभएका कम्युनिष्टलाई भन्दा काँग्रेसलाई भोट हाल्थे ।’

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले समय समयमा दिने गरेको अभिव्यक्तिका सन्दर्भमा महामन्त्री शर्माले उनका हलुका उच्छृङ्खल प्रश्नको जवाफ दिने फुर्सद पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई नभएको बताएका छन् ।