फाइल फोटो

राजनीति

सीमित नेताहरूको मुठ्ठीमा राज्यसत्ताः लिङ्देन

By खबरहब

March 19, 2022

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्यसत्ता सीमित नेताहरूले चलाइरहेको आरोप लगाएका छन् ।

सिन्धुलीमा आज भएको कार्यक्रममा अध्यक्ष लिङदेनले सीमित नेताहरूको मुठ्ठीमा राज्यसत्ता रहेकाले जनताले परिवर्तन महसुस गर्न नसकेको बताएका हुन् ।

उनले अहिलेको लोकतान्त्रिक व्यवस्थाको समीक्षा गर्ने बेला भएको पनि बताए ।

उनले भने– ‘हामीलाई कहाँ लैजाने भनेर हिँडाएका थिए ? कहाँ पुर्‍याए ? के यही दिन देख्नका लागि हिन्दू संस्था अन्त्यको स्वीकार गरेका थियौँ ।’ समीक्षा गर्ने बेला भयो ।’