फाइल फोटो

राजनीति

केही बिग्रिए पनि अब सिंह भएर अगाडि आउँछौँः प्रचण्ड

By खबरहब

March 19, 2022

सिन्धुली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू केही बिग्रिए पनि अब सिंह भएर अगाडि आउने दाबी गरेका छन् ।

सिन्धुलीमा आज जिल्ला पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा प्रचण्डले आफूहरू भेडासँग हिँड्दा हिँड्दै भ्या भ्या गर्न थाले पनि अब फेरि एकपटक सिंह भएर गर्जनुपर्ने बताएका हुन् ।

उनले आसन्न चुनाव औपचारिक चुनाव मात्र नभएर जनआन्दोलनका उपलब्धि रक्षा गर्ने लडाइँ पनि भएको बताए ।

अध्यक्ष प्रचण्डले आफूहरू विगतमा भएका कमी कमजोरीबारे आत्मसमीक्षा गरी माफी मागेर जनतासमक्ष जाने पनि बताएका थिए ।