समाचार

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको गाेष्ठी सम्पन्न

By खबरहब

March 19, 2022

काठमाडौँ– काठमाडौँमा प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य विमोचन कार्यक्रम भएको छ ।

शनिबार हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान काठमाडौँ इकाईले यो कार्यक्रम गरेको हो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले संविधानमा धर्म निरपेक्षताको व्यवस्थाका कारण हिन्दू धर्म संकटमा पर्दै गएको बताए ।

कार्यक्रममा जागरण अभियानका लागि प्रकाशित पुस्तक, स्टिकर तथा फोल्डरको परिचय दिइएको थियो ।

गोष्ठीमा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिना, पूर्वमेजर जनरल नरबहादुर कडेल, राजनीतिक विश्लेषक देवेश झा, डा. वासुदेव कृष्ण शास्त्रीलगायत सहभागी भएका थिए ।