बलिउड/हलिउड

पोर्टम्यान बनिन् नयाँ ‘थोर’

By खबरहब

April 19, 2022

काठमाडौँ– मार्भल स्टुडियोको नयाँ फिल्म ‘थोरः लभ एण्ड थन्डर’ को टिजर सार्वजनिक गरिएको छ ।

कोरोना भाइरसको महामारीको समयमा वेब सिरिज मार्फत आफ्नो सिनेम्याटिक युनिभर्सको कथालाई अगाडि बढाइरहेको मार्भलले अहिले रोकिएका फिल्महरु धमाधम रिलिज गर्दैछ ।

सानो पर्दामा मुननाइटलाई नयाँ हिरोको रुपमा परिचित गराइरहेको मार्भलले आफ्नो सिनेम्याटिक युनिभर्सबाट केही समय बिदा लिएकी हलिउड अभिनेत्री नाटाली पोर्टम्यान नयाँ थोर पात्रमार्फत पुनरागमन गराएको छ ।

नयाँ सिरिज ‘थोरः लभ एण्ड थन्डर’ को टिजरमा पोर्टम्यानलाई नयाँ थोर पात्रको रुपमा देख्न पाइन्छ । अघिल्लो ‘थोरः राग्नारोक’ बाट राम्रो प्रतिक्रिया बटुलेका टाइका वाटिटी निर्देशित फिल्म ‘थोर’ को यो चौथो श्रृंखला हो ।

फिल्मको कथा एभेन्जर्स : एण्ड गेमको कथाबाट सुरु हुन्छ । जहाँ थोर (क्रिस हेम्सवर्थ) आफ्नो संसार असगार्ड समाप्त भएपनि गार्जियन अफ दी ग्यालेक्सीसँगै पृथ्वीमा बस्दै आएका छन् ।

अभिनेता हेम्सवर्थ उक्त समूहको सदस्यको रुपमा फिचर्ड छन्, जहाँ पोम क्लेमेन्टिफ, डेभ बौटिस्टा, करेन गिलन, ब्राड्ली कुपर र भीन डिजेल समेत प्रमुख भूमिकामा देखिनेछन् ।