बलिउड/हलिउड

‘ब्ल्याक’ को सेटमा भएको थियो रनबीरसँग आलियाको भेट

By खबरहब

April 19, 2022

काठमाडौँ– बलिउडका अभिनेता रनवीर कपुर र आलिया भट्टले आफ्नो प्रेम जीवनलाई विवाहमा परिणत गरिसकेका छन् ।

आफ्नो प्रेमलाई परिवारको सहमति लिएर विवाहमा परिणत गरेका यो जोडीको पहिलो भेट भने सन् २००५ मा भएको थियो ।

आलियाले बीबीसीसँगको कुराकानीमा रनवीरलाई सञ्जयलीला भन्सालीको सेटमा भेटेको बताएकी छन् । त्यो समयमा आलिया फिल्म ‘ब्ल्याक’ का लागि अडिसन दिन त्यहाँ पुगेकी थिइन् । रनवीर त्यहाँ डिरेक्सन डिपार्टमेन्टमा काम गर्थे ।

‘त्यो समयमा रनवीरलाई देख्दा नै मलाई मन परेको थियाे । उनको बाहिर सुन्दरता देखेर मोहित भएकी मलाई उनको भित्री सुन्दरताले पनि उत्तिकै प्रभावित बनायो’ आलियाले भनिन् । आयन मुकर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा काम गर्ने भएपछि रनवीर र आलियाको प्रेम झाङ्गिएको थियो ।

बलिउड अभिनेत्री सोनम कपुरको विवाहमा पहिलोपटक आलियासँग रनवीरसँगै देखिएका थिए । त्यसयता यी दुई सार्वजनिक कार्यक्रममा समेत सँगै देखिन थालेका थिए ।