समाचार

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण

By खबरहब

April 19, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षण र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्‍यु भएको छैन भने सोहि अवधिमा कोरोनाबाट २६ जना निको भएका छन्।

हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् ।