देश/प्रदेश

पोखरा अपडेट : ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनकै अग्रता

By खबरहब

May 19, 2022

पोखरा – पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ ।

हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन् ।

उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहेका छन्।

उपमेयरमा एमालेका मन्जुदेवी गुरुङले २० हजार २ मत पाएका छन् । गठबन्धनका कोपिला रानाभाटको मत १९ हजार ७७४ रहेको छ ।

पोखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो ।